कलाकार राजु पौडेल (राजु मास्टर) 'जुठे' सिरियलबाट बाहिरिइसकेका छन्। यो सिरियलमा उनी 'गोथे' नामक पात्रमा देखिँदै आएका थिए।
अब भने उनले आफ्नो उक्त पात्रलाई सकस सिरियलमार्फत निरन्तरता दिने भएका छन्। यो सिरियलमा राजुले गोथेलाई मुख्य पात्रको रूपमा प्रस्तुत गर्न लागेका हुन्।
'सकस' सिरियल राजु पौडेलले नै लेखन, निर्देशन र अभिनय गर्दै आएका छन्। अब उनकै अर्को लोकप्रिय पात्र 'गोथे' लाई पनि सकस कै मुख्य कथामा राख्न लागिएको राजुले बताए।
उनले भने, 'जुठेमा गोथेलाई देख्न नपाएपछि धेरै दर्शकको चाहना पनि भयो। यो मायालाई मध्यनजर गर्दै मैले सकसमा गोथे ल्याउने निर्णय गरेको हुँ।'
सकसमा उनले यसअघि गरेका अन्य पात्र यथावत नै रहनेछन् भने गोथेलाई पनि कथामा मिलाएर नै निरन्तरता दिने राजुले बताए। अब ९४ भागबाट गोथे पात्रलाई सकसमा देख्न पाइने उनले बताए।
राजु यतिबेला आफ्नो टिमसहित पोखरामा यो सिरियलको छायांकन गरिरहेका छन्। 'सकस' का अन्य कलाकारहरू यथावत छन् भने पोखराका केही कलाकारहरू पनि जोडिएको उनले जानकारी दिए।