ब्रिटिश काउन्सिल र चलचित्र विकास बोर्डले इन्टु फिल्म्स् युके, युनिसेफ नेपाल, वाइल्डलाइफ कन्जर्भेसन नेपाल र इन्टर्नेशनल युथ मिडिया समिटको सहयोगमा चलचित्र पुरस्कार समारोहको आयोजना गरेको छ।
'क्यामरा सिक' अन्तर्गतको यो कार्यक्रम सोमबार चलचित्र विकास बोर्ड, चाबहिलमा भएको थियो। जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीका बारेमा कुराकानी गर्न चलचित्रको प्रयोग गरिरहेका किशोरहरुलाई सम्मान गर्ने समारोहको उद्देश्य थियो।
जलवायु परिवर्तनमा किशोरहरुको आवाजमाथि प्रकाश पार्न सन् २०२१ को मे–जुलाइ महिनामा क्यामरा सिक कार्यक्रम अन्तर्गत एउटा चलचित्र प्रतिस्पर्धाको आयोजना गरिएको थियो।
'क्यामरा सिक' ब्रिटिश काउन्सिलले इन्टु फिल्म्स् युकेसँग मिलेर गरेको र चलचित्र विकास बोर्डले समर्थन गरेको एउटा परियोजना हो।
प्रतिस्पर्धाका लागि नेपालभरिबाट ५० भन्दा बढी छोटा चलचित्र प्राप्त भएका थिए, जसमध्ये १५ वटा चलचित्र छानेर सार्वजनिक मतदानका लागि राखिएका थिए। दुई हप्ताको मतदानपछि ५ विजेता चलचित्र छानिएका हुन्। विजेता चलचित्रहरु स्कटलण्डको ग्लास्गोमा हुने युएनएफसिसीको सि०पी२६ सम्मेलनमा देखाइदैँ छ।
पुरस्कृत चलचित्र
क्रसं
|
पुरस्कार
|
चलचित्र
|
चलचित्र निर्माता
|
1
|
सबैभन्दा रुचाइएको चलचित्र
|
लोन्ली स्टेप्स अफ अ फार्मर (एक कृषकका एक्ला पाइला)
|
मदरल्याण्ड इंग्लिश बोर्डङ स्कुल, अर्घाखाँची
|
2
|
दर्शकमाथिको प्रभाव पुरस्कार
|
से नो टु प्लास्टिक्स (प्लाष्टिकलाई नाइँ भनौँ)
|
समता स्कुल
|
3
|
सर्वोत्कृष्ट निर्माण गरिएको चलचित्र
|
मीगर फ्युचर (कम भविष्य)
|
अपराजिता
|
4
|
जलवायु परिवर्तन पुरस्कार
|
क्लाइमेट चेञ्ज इन द हिमालयाज (हिमालयमा जलवायु परिवर्तन)
|
क्रिष्टल माउण्टेन स्कुल, धो तराप उपत्यका
|
5
|
नौलो शैलीका लागि पुरस्कार
|
आई एम हनुमन्ते (म हनुमन्ते हुँ)
|
अनन्य खड्का
|
यो अवसरका साथै अगस्ट २०२१ मा क्यामरा सिकले १८ वर्षभन्दा मुनिका चलचित्र निर्माताहरुबाट प्रस्तावहरु आमन्त्रण गरेको थियो।
निर्णायक समूहले जलवायु परिवर्तन सम्बन्धी चलचित्र बनाउनका लागि १ लाख ५० हजारको अनुदान पाउनका लागि १० किशोर चलचित्र निर्मातालाई छनोट गरेको थियो। यी दुई कदमपछि जलवायु परिवर्तन सम्बन्धी १५ नयाँ चलचित्र बन्ने अपेक्षा गरिएको छ, जसलाई २० नोभेम्बर २०२१ मा बाल दिवसको दिनमा प्रदर्शन गरिने बताइएको छ।
चलचित्र विकास बोर्ड र ब्रिटिश काउन्सिलले विजेता चलचित्रका निर्माता र अनुदान प्राप्त गर्ने चलचित्रकर्मीलाई सेमबार चाबहिलस्थित बोर्डको कार्यालयमा एउटा समारोहमा सम्मान गरिएको हो।
विजेता चलचित्रहरु प्रेसका समक्ष प्रदर्शन गरिनेछन्। साथै किशोरको सशक्तिकरण, शिक्षा र जलवायु परिवर्तन जस्ता मुद्दामा चलचित्रको भूमिकाका बारेमा छलफल कार्यक्रम पनि राखिएका छन्।
जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा कुराकानी गर्नका लागि किशोर तथा युवालाई क्षमता तथा मञ्च दिनुपर्ने आवश्यकता रहेको ब्रिटिश काउन्सिल नेपालकी निर्देशक शहीदा म्याकडुगल बताइन्।
उनले भनिन्, 'किशोर र युवा भनेका भविष्य हुन्। जलवायु परिवर्तन जस्ता महत्वपुर्ण मुद्दाबारेमा कुराकानी गर्न उनीहरुसँग सीप र मञ्च छन् भन्ने सुनिश्चित गर्न हामीले प्रयास गर्नुपर्छ। क्यामरा सिकले किशोरहरुलाई आफुसँग सम्बन्धित मुद्दामा कुराकानी गर्न सघाउनका लागि कलाको शक्ति प्रयोग गर्ने हुनाले यो कार्यक्रम प्रभावकारी बनेको छ। समानता, विविधता र समावेशीता ब्रिटिश काउन्सिलको कामको केन्द्रमा रहेका छन् र नेपालभरका किशोरलाई यी शक्तिशाली चलचित्र बनाउन मद्दत गर्न सकेकोमा हामी गौरवान्वित छौँ।'
चलचित्र विकास बोर्डले विद्यार्थीका लागि चलचित्र पाठ्यक्रम स्थापित गर्न, छात्रवृत्ती प्रदान गर्न र अरु कदम मार्फत यो क्षेत्रमा युवाहरुलाई प्रोत्साहन दिन नेपाल सरकारसँग सकृय रुपमा काम गरिरहेको बतायो।
आगामी पुस्ताका चलचित्र निर्माता प्रभावशाली कथाकार बन्नका लागि उनीहरुलाई थप श्रोतसाधनले सहयोग गर्नुपर्छ भन्ने बोर्डको विश्वास छ।
'क्यामरा सिक कार्यक्रम अन्तर्गत व्यक्तिगत अभिव्यक्तिका लागि, सामाजिक मुद्दा अघि बढाउन, र पेशागत विकासका लागि चलचित्रको प्रयोग गर्न युवाहरुलाई सिकाउने हाम्रो उद्देश्यमा ब्रिटिश काउन्सिल र इन्टु फिल्म्सले धेरै सहयोग गरेका छन्। नेपालका विद्यार्थीले बनाएका चलचित्र युएनएफसिसीको सि०पी२६ मा देखाइनु यो कार्यक्रमको प्रभावको प्रमाण होु, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भने।
छनोट गरिएका सबै १५ वटा चलचित्र तलको लिंकमा हेर्न सकिन्छ:
छनोट गरिएका सबै १५ वटा चलचित्र