चर्चित भारतीय गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ। गत अगस्टको पहिलो साता कोरोना भाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका उनको शुक्रबार दिउँसो चेन्नईमा निधन भएको हो। हिन्दी, तेलुगुल, तमिल, कन्नड लगायतका भाषामा गीत गाउने उनको ७४ वर्षका थिए।
हिन्दी फिल्ममा कमल हसन, जैकी श्राफ, सलमान खान आदि हिरोका गायकका रुपमा समेत चिनिन्थे। उनका एक दुजे के लिए, मैंने प्यार किया, हम आपके हैं कौन, साजन, हन्ड्रेड डेज लगायत हिन्दी फिल्मका गीत चर्चित छन्। उनी भारत सरकारबाट पद्म श्री र पद्म भूषण सम्मानबाट सम्मानित गायक हुन्।
कमल हसन, सलमान खान, महेशबाबु, रामचरण लगायत कलाकार र प्रशंसकहरुले उनको निधनमा शोक व्यक्त गरेका छन्।
पृथक शैली र गायकीले धेरै पटक फिल्म फेयर पाएका जितेका उनले ६ पटक नेसनल अवार्ड जितेका छन्।