वैदेशिक रोजगारमा गएका छन् गौरव। गाउँको घर, घरमा दुई बालबच्चासँगै छिन् उनकी पत्नी वर्षा। नेपालको यथार्थ चित्रण गरेको म्युजिक भिडिओ 'सयौं डाँडा काट्दै' मा वर्षा राउत र गौरव पहाडीको प्रस्तुति देख्न सकिन्छ।
धेरै नेपाली युवाको बाध्यतालाई सम्बोधन गर्दै गीतकार पासाङ शेर्पाले 'सयौं डाँडा काट्दै' बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
'सयौं डाँडा काट्दै आएँ, सयौं खोला तर्दै आएँ, सयौं घुम्ती फिर्दै आएँ...'
गीतका शब्दले धन कमाउने आशामा परदेश पलायन हुने युवा पुस्ताको कथा बोकेको छ। गीतमा पासाङले नै शब्द भरेका हुन्। बिक्रम बरालको स्वर रहेको गीतमा हरि लम्सालले संगीत दिएका छन्।
भिडिओलाई निकेश खड्काले निर्देशन गरेका छन् भने बुद्ध थापा र ईश्वर थापाको सिनेमेटोग्राफी छ।
यो गीतकाे म्युजिक भिडिओ सोमबार युट्युब च्यानल 'टुवेल्भ नोट्स' मार्फत सार्वजनिक गरिएको छ।