गायक सरोज ओली र रचना रिमालको स्वरमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ। अर्जुन पोखरेलको संगीत र दिनेश थपलियाको शब्दमा तयार भएको 'पहिलो पल्ट भेट हुँदा' बोलको गीत बिहीबार सार्वजनिक भएको हो।
म्युजिक भिडिओमा पल शाह र पूजा शर्माको नृत्य तथा प्रस्तुति देख्न सकिन्छ। भिडिओलाई कविराज गहतराजले निर्देशन गरेका छन् भने नवराज उप्रेतीको सिनेमाटोग्राफी छ।
म्युजिक भिडिओ बिहिबार युट्युब च्यानल 'गज्जब टिभी' बाट सार्वजनिक गरिएको हो।