कालो धुँवा मुग्लानैमा रेलको सरर
म त हिँडे लाहुरतिर नरोऊ धरर.....
परदेशीका पीडा समेटेर सुनिल गिरीले नयाँ सांगीतिक कोसेली पस्केका छन्।
‘मुग्लान’ बोलको गीतमा सुनिललाई मेलिना मैनालीले साथ दिएकी छिन्।
गीतमा गायक सुनिलकै शब्द, संगीत, निर्माण तथा निर्देशन छ भने म्युजिक भिडिओलाई विवेक विकले छायांकन गरेका हुन्। यो गीत गायक सुनिलको पिरती एल्बम समावेश छ।
'को होला त्यो' बोलको गीतबाट डेब्यु गरेका सुनिलका 'देउराली भञ्ज्याङ्', 'कस्तो यो मन', 'रोगै पिरती' लगायत गीत चर्चित छन्।