‘भुर भुर पुतली’ सार्वजनिक भएको छ । पुष्प खड्का अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको हो। गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको यो गीतमा स्वर छ ।
नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् ।
भिडियोमा किसन रेग्मीको लगानी छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकाश दाहालको सम्पादन छ । निर्देशक विधान कार्कीले यो भिडियोलाई रोमान्टिक र कलरफूल बनाएका छन् ।