फिल्म ‘सुपर गोर्खे’को ‘तिमी नै हौ’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा तारा प्रकाश लिम्बु र रजिना रिमालले स्वर दिएका छन् भने तारा प्रकाश लिम्बुले संगीत भरेका छन्।
‘तिमी नै हौ’ बोलको गीतमा अभिनेत्री ऋचा सिंह ठकुरी र निरञ्जन पोखरेलको रोमान्स देख्न सकिन्छ।
गीतको शब्द गजेन्द्र ताम्लिङले लेखेका छन् भने रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्।
अभिनेत्री ऋचा सिंह ठकुरीले निर्माण गरेको फिल्ममा गजेन्द्र थापाले डेब्यू निर्देशन गरेका हुन्।
गजेन्द्र र ऋचा श्रीमान् श्रीमती हुन्। लामो समयपछि ऋचा फेरि ‘सुपर गोर्खे’ बाट फिल्ममा देखिन लागेकी हुन्। डेब्यू फिल्म 'नाई न भन्नु ल' बाट ऋचा चर्चामा आएकी थिइन्।
एक्सन जनरामा निर्मित फिल्ममा किरण माइकलको लेखेन छ। सौरव लामाले फिल्मको छायाँकन गरेका छन्।
फिल्ममा ऋचा र निरञ्जनसँगै सुरज सिंह ठकुरी र कामना भुजेलले प्रमुख भुमिका निभाएका छन्।
यहि मंसिर २९ गते फिल्म रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।
हेर्नुस् भिडियो...
https://youtu.be/CvnDp5VrSd4