युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीको हकहितका लागि आफ्नातर्फबाट सक्दो पहल गरिने बताएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले आफूलाई बधाई तथा ध्यानाकर्षण गर्ने क्रममा उनले खेलाडी र सरकारसँग अन्तरक्रिया गरेर पदकधारी खेलाडीको व्यवस्थापनमा विशेष ध्यान दिइने बताए।
मन्त्री केसीले आगामी सन् २०१९ मा घरेलु मैदानमा आयोजना गरिने दक्षिण एसियाली खेलकुद (साग)कै बहाना गरेर भए पनि भौतिक पूर्वाधारको निर्माण गरिने बताए । भूकम्पका कारण क्षतविक्षत भौतिक संरचना पुनःनिर्माणका लागि उपकरण अभाव भएको हुँदा तत्काल निर्माण गर्न नसकिने बताउँदै सम्बन्धित निकायसँग सो विषयमा छलफल भइरहेको मन्त्री केसीले जानकारी दिए।