ओलम्पिकमा पुरस्कार राशि प्रस्ताव गर्ने एथ्लेटिक्स पहिलो खेल बन्न लागेको छ। अन्तर्राष्ट्रिय एथलेटिक्सले बुधबार पेरिसमा स्वर्ण पदक विजेतालाई ५० हजार अमेरिकी डलर प्रदान गर्ने बताएको छ।
यो वर्षको पेरिस ओलम्पिकका लागि ट्र्याक एन्ड फिल्ड कार्यक्रमको ४८ स्पर्धामा स्वर्ण पदक विजेताहरूलाई प्रदान गर्नका लागि २४ लाख डलर विनियोजन गरेको अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघले बताएको छ।
रिले खेलका खेलाडीहरूले ५० हजार डलर आपसमा बाँड्ने छन्। रजत र कास्य पदक विजेताहरूका लागि लस एन्जलसमा सन् २०२८ आयोजना हुने ओलम्पिकमा भुक्तानी सुरु गरिने योजना छ।
अन्तर्राष्ट्रिय एथलेटिक्सका अध्यक्ष सेबेस्टिएन कोएले पत्रकारहरूसँग भने, “यो कदम भनेको हामीले प्राप्त गर्ने राजस्व हिस्सा ठूलो हिस्सामा छ भनेर पहिचान गर्नु हो किनकी हाम्रा खेलाडीहरू प्रतियोगिताका ‘स्टार’ हुन् ।”
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले प्रदान गर्ने ओलम्पिक राजस्वको हिस्साबाट पुरस्कार राशि आउने छ।