एसियाली खेलकुदमा रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङलाई अमेरिकाको न्युयोर्कमा ७ हजार ११ डलर (९ लाख ३३ हजार रुपैयाँ बढी) नगदसहित सम्मान गरिएको छ।
११औं सागका स्वर्ण विजेता सुनील लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लबमा एरिकालाई नगदसहित सम्मान गरिएको हो।
च्याम्पियन मार्सल आर्ट्स क्लब काठमाडौंको बालाजुमा पनि छ। सम्मान कार्यक्रममा क्लबले नेपाली समुदायको लागि प्रत्येक आइतबार निशुल्क ताइची र छि गुंग कक्षा सञ्चालन गर्ने घोषणा गरेको छ।
एरिकलाई प्रादन गरिएको नगद रकममा तमु परिवातरको २७५६ डलर, तमु सोसाइटीको ९५३ डलर, सुदूरपश्चिम समाजको ५५० डलर, इन्टरनेशनल मार्शल आर्टश एसोसियसन न्युयोर्कको को १९० डलर, मामा भान्ज ग्रुपको १०१० डलर र रेड पाण्डाको २०० डलर छ। बाँकी रकम च्याम्पियन मार्सल आर्टस, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट प्राप्त भएको थियो।
गत असोजमा चीनमा भएको एसियली खेलकुदमा रजत जितेकी एरिकाले गत साता युएस ओपन करातेमा स्वर्ण र रजत जितेकी थिइन्।