नेपाली सेनाका हरिचन्द्र गिरीले पाँचौं विश्व रेकर्डका लागि दावी पेश गरेका छन्।
यसअघि गिनिज बुक अफ वर्ल्ड रेकर्डमा चौथो रेकर्ड राखिसकेका गिरीले पाँचौं रेकर्डका लागि नयाँ ‘मन्ट स्किप्स अन यान अपराइट टायर इन वान मिनेट’ शीर्षकको रेकर्डका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन्।
यसअघि विभिन्न क्षेत्रमा चार वटा विश्वकीर्तिमान राखेका हरिले अब टायरमाथि स्किपिङ खेलेर विश्व रेकर्ड कायम गर्ने प्रक्रियामा गएका हुन्।
उनले एक मिनेटमा १२० पटक स्किपिङ खेलेर नयाँ रेकर्ड बनाएका छन्।
सोही रेकर्ड प्रमाणिकरणका लागि गिनिज वर्ल् रेकर्डसमा पठाइसकेका छन्।
उनको उक्त प्रदर्शन प्रमाणित हुनका लागि कम्तीमा ६ हप्ता लाग्ने छ। यसअघि राखेका रेकर्डहरु प्रमाणित हुनका लागि ६ हप्तादेखि हप्तासम्म लागेको र यो नयाँ विषयको रेकर्ड भएकोले छिटै हुने उनले बताए।