युवा तथा खेलकुद मन्त्रालयले क्रिकेट र फुटबलको विकासका लागि रणनीति बनाउन त्यससँग सम्बन्धित संस्थाको गतिविधिबारे विभिन्न कागजात मागेको छ।
मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गर्दै नेपाल क्रिकेट संघ (क्यान) र अखिल नेपाल फुटबल एशोसियशन (एन्फा)ले ती सम्बन्धित खेलको विकासका लागि गरेका क्रियाकलापहरूबारे जानकारी गराउन भनेको हो।
'उक्त खेलहरूको थप विकासका लागि योजना, नीति तथा रणनीति तयार गर्ने सन्दर्भमा तत् खेलसम्बन्ध संघहरूको काम कारबाही एवम् क्रियाकलापसँग सम्बन्धितम विवरण तथा कागजातहरूको प्रमाणित प्रतिलिपीहरू यथाशिघ्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु,' मन्त्रालय शाखा अधिकृत लालप्रसाद पोखरेलले लेखेको पत्रमा भनिएको छ।
मन्त्रालयले संघको स्वीकृति विधान, पदाधिकारीहरूको विवरण, कर्मचारीहरूको विवरण, तीन वर्षको प्रगति प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन, भौतिक पूर्वाधार उपकरणहरूको विवरण, खेल विकासका लागि प्रदेश र स्थानीय तहसम्मका सञ्जाल तथा गतिविधि लगायत विभिन्न विवरण मागेको हो।
मन्त्रालयले पठाएको पत्र-