नेपाल स्क्वास र्याकेट्स संघले प्रतियोगिताको समापन कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्क्वास प्रतियोगिताबाट सन्न्यास लिएका दुई अनुभवी खेलाडी भावना सुनुवार र राजेन्द्र शाक्यलाई शुभकामनासहित सम्मानपत्र प्रदान गरी उनीहरुको योगदानको कदर गरेको छ।
यी दुवैले घरेलु स्क्वास प्रतियोगितालाई भने निरन्तरता दिनेछन्।
दुई दशकदेखि स्क्वासमा समर्पित भावना एक दशकभन्दा बढी घरेलु महिला स्क्वासमा दबदबा बनाउने खेलाडी हुन्।
चार पटक दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी भएर भावनाले कोलेम्बोमा भएको दशौँ साग, गुवाहाटीमा भएको १२ औँ साग र काठमाडौँमा भएको १३ औँ सागमा नेपाललाई महिला टिम इभेन्टमा कास्य पदक दिलाएकी थिइन्।
यसैगरी एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्र नेपाल स्क्वास एन्ड र्याकेट्स संघका केन्द्रीय सदस्य पनि हुन् ।