मलेसियाको पेनाङमा जारी ३४औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ५१ किलो तौल समूहमा नेपालका प्रबल उप्रेतीले सिंगापुरका डेनी चाओ इजेईजीलाई ५-० ले पराजित गर्दै कास्य पदक हासिल गरेका छन्।
त्यसैगरी ५४ किलो तौल समूहमा नेपालका सिंहबीर लिम्बुले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीको आधारमा पराजित गर्दैै कास्य पदक पक्का गरेका छन्।
पुरुष ५७ किलो तौल समूहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि इन्डोनेसियाका प्रतिद्वन्दि फकीह आन्दरा नासुसोनलाई ५-० अंकले पराजित गरेर कम्तिमा काश्य पदक पक्का गरे। वाङ्दी केहि समय अघि दुबईमा सम्पन्न एएसबीसी जुनियर बक्सिङ प्रतियोगितामा पनि काश्य पदक जित्न सफलर रहेका थिए।
६० किलो तौल समूहमा नेपालका सुलभ मालीले बाइ पाएर कास्य पदक पक्का गरीसकेका छन्।
त्यसैगरी ६३.५ किलो तौलसमूहमा भने नेपालका रिजत गुरुङ ४-१ ले ईन्डोनेशियाका मुक्केबाज मोहम्मद फरिजाद विन मोहम्मद तामिसीसंग पराजय भोग्नु परेको थियो।
विभिन्न १० राष्ट्रका २० वर्ष उमेर मुनिका १०० जना पुरुष मुक्केबाजहरुको सहभागितामा १३ वटा तौल समूहमा उक्त प्रतियोगिता सञ्चालन भइरहेकोमा छ।