पश्चिम नवलपरासीको भुमहीमा लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने भएको छ।
प्रदेश स्तरीय तेक्वान्दो समितिको र योंग गोर्खालीज् क्लबको आयोजनामा आगामी मसिर २४ गतेदेखि भुमहीमा प्रथम रामनगर प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता हुने लागेको हो।
प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका अध्यक्ष तपनकुमार केवटका अनुसार मसिर २४ गतेदेखि २६ सम्म आयोजना गर्ने लागेको प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरी ३०० बढी खेलाडी सहभागी हुने बताए।
प्रदेश सरकारको सहयोगमा हुन लागेको प्रतियोगितामा टीममा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ट्रफीसहित प्रथमलाई गोल्ड मेडल र प्रमाण पत्र, दोस्रोलाई सिल्भर र प्रमाण पत्र साथै तेस्रो हुनेलाई कास्य र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केवटले जानकारी दिए। उत्कृष्ट क्यारुगी ,अनुशासित खेलाडीलाइ आकर्षक पुरस्कार प्रदान गरिनेछ।
योंग गोर्खालीज क्लबको समन्यवमा प्रतियोगिता भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने योंग गोर्खालीज् क्लबका उपाध्यक्ष विशाल पौडेलले बताए|