पोखरामा पहिलो पटक एन्डुरो अन्तर्राष्ट्रिय माउण्टेन बाइक प्रतियोगिता सुरू भएको छ। बिहीबारदेखि सुरू भएको प्रतियोगितामा ११ देशका ५५ खेलाडीले भाग लिएका छन्।
माउण्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा भएको प्रतियोगितामा इलिट जुनियर ९१२–१८० वर्ष, मास्टर्स क’ ९३०–३९० वर्ष, मास्टर्स ख’ ९४०–४९० वर्ष, भेट्रान ९५० वर्षमाथि०, महिला ओपन तथा ई–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिताका निर्देशक सुनिलचन्द्र शर्माले जानकारी दिए।
समुद्री सतहदेखि करिब १४ सय मिटर उचाइमा रहेको आर्बाबाट माउन्टेन बाइक प्रतियोगिता शुरु भएको थियो। एन्डुरो प्रतिस्पर्धाका लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ। ६ वटा ट्रेल खास गरी १।८ किलोमिटर २ किलोमिटर दूरी छ। रेस डाइरेक्टर शर्माका अनुसार ट्रेलमा साइक्लिस्टले डाउन हिल गर्दै झर्दा लाग्ने समयकै आधारमा विजेता छुट्ट्याइनेछ। खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रबन्ध निर्देशक छिमी उक्रेन गुरुङले बताउनुभयो।
प्रतियोगितामा नेपाल, भारत, सिंगापुर, अमेरिका, बेलायत, डेनमार्क, अष्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स, न्युजिल्याण्ड लगायत देशका खेलाडी सहभागी छन्।
साइक्लिङको माध्यमबाट पोखराको आर्वा क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने पोखरा–१३ का वडाध्यक्ष किरण बरालले बताए।
‘पोखराको आर्वा क्षेत्र पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ, साइक्लिङ प्रतियोगिताले यहाँको पर्यटन विकास हुनेछ,’ उनले भने, ‘अब यस साइक्लिङ प्रतियोगितालाई निरन्तरता दिइनेछ।’