तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का र खेलाडी आयुष ढुंगेल मुजु तेक्वान्दो २०२३ डब्लूटी पुम्से ओपन च्यालेन्ज प्रतियोगिताका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्।
निर्णायकको भूमीका निर्वाहका लागि अशोक आइतबार कोरिया गएका हुन्। आयुषले भने यु-१६ को पुम्से ओपन च्यालेन्जमा भाग लिनेछन्।
प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ५ सम्म सञ्चालन हुनेछ। प्रतियोगिता वर्ल्ड तेक्वान्दोले आयोजना गर्न लागेको हो।
निर्णायक अशोकले दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमीका निर्वाह गरिसकेका छन्।
उनी पुम्से, ग्यारोगी र पारा तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक हुन्। अशोक नेप्लिज तेक्वान्दो एकेडेमका अध्यक्ष समेत रहेका छन्।