अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय –कुकिवनबाट तेक्वान्दोको छैटौँ डान डिग्री हासिल गरेका छन्।
आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवनबाट क्षेत्रीले छैटौँ डान प्राप्त गर्न सफल भएका हुन्।
लामो समयदेखि तेक्वान्दोमा सक्रिय क्षेत्रीले खेलाडीका रुपमा विश्व वरीयताको जी टु प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक पनि जितेका छन्।
तेक्वान्दोमा पुर्याएको योगदानको कदरस्वरुप क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसकेका छन्।
यसैगरी, कोरियाली सरकारले उनलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो। क्षेत्री सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्ष पनि उत्तीर्ण गरेका थिए।