कोटेश्वर तेक्वान्दो डोजाङले नेपाली तेक्वान्दोमा योगदान पुर्याएको भन्दै कदर स्वरुप अशोक खड्कालाई शनिबार सम्मान गरेको छ ।
ओलम्पियन तेक्वान्दोका विधान लामा, नेपालकी पहिलो महिला ब्लाक बेल्टधारी ब्रिगेडियर सुधासेन मल्ल र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठले खड्कालाई कदर पत्र प्रदान गरी सम्मान गरे ।
थुप्रै अन्तर्राष्ट्रिय ¥याङकिङ तेक्वान्दो च्याम्पियन्सिपमा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको नाम राखेको र प्रशिक्षकको रुपमा थुप्रै तेक्वान्दो खेलाडी उत्पादन गरेकोले खड्कालाई सम्मान गरिएको हो ।
गत वर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भुमिका निर्वाह गरिसकेका खड्काले हालसम्म दुई दर्जन भन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायको भुमिका निर्वाह गरिसकेका छन् ।
बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपन जस्ता वल्र्ड र्याङकिङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका खड्का पारा रेफ्री कोर्ष गर्ने कम नेपाली तेक्वान्दोकर्मी मध्ये एक हुन् ।