नेपाल हक्की संघको दोश्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ। यसअघि शर्मा संघको कार्यवाहक अध्यक्ष थिए ।
मनीष झा, राजेन्द्रप्रसाद श्रेष्ठ, हिमाल खड्का र भगवती खड्काले उपाध्यक्ष, सुवर्ण श्रेष्ठले महासचिव, असिम शर्माले सचिव र रामेश्वर घिमिरेले कोषाध्यक्षको जिम्मेवारी पाए।
कान्तुराम पनेरु, बाबुराम साह, निजामुद्दिन सिद्दिकी, अञ्जु प्रधान श्रेष्ठ, पवन केसी, सावित्री रजाली, मिलन केसी र हित गुरुङ सदस्यमा चयन भए ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत मिनकुमार शर्माले एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
यसअघि महाधिवेशनको परराष्ट्र मन्त्री एनपी साउदले उद्घाटन गरेका थिए ।