चेल्सी वल्र्ड स्कुलको आयोजनामा तेश्रो चेल्सी अन्तरविद्यालय रेड रेस भदौ २७ गते हुने भएको छ।
रेसमा विभिन्न १९ विद्यालयका ३ सय ४२ प्रतिस्पर्धीको सहभागिता निश्चित भइसकेको चेल्सीका अत्तिरिक्त कृयाकलाप प्रमुख राजन न्यौपानेले जनाएका छन्।
रेसमा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले भाग लिन पाउने छन् । शीर्ष ५ स्थानमा रहने खेलाडीलाई पुरस्कृत गरिने छ । समग्रमा टिम च्याम्पियनको पनि घोषणा गरिने छ।
दौड नेपाल मेडिकल चोकबाट सुरु भइ जोरपाटी, नारायणटार हुँदै अत्तरखेलस्थित चेल्सीकै प्राङ्गणमै आएर टुंगिने छ ।