बौद्ध इन्टरनेसनल स्कुल उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेको छ। बौद्धले ब्वाइज र गर्ल्स दुवैको उपाधि आफ्नो पक्षमा परेको हो।
बौद्धले गोकर्णेश्वरको अत्तरखेलमा भएको फाइनल भिडन्तमा टेरेसा एकेडेमीलाई ब्वाइजतर्फ पाखा लागायो। बौद्धले आरोहण श्रेष्ठको ३१ स्कोरको मद्दतमा टेरेसालाई ६३-४२ अंकले पराजित गर्न सफल भयो।
यता गर्ल्सतर्फ बौद्धले एनसिसिएसलाई हरायो। उपाधि जित्ने क्रममा बौद्ध ३८-३० अंकले विजयी भयो। उसका लागि सजना खत्रीले १३ अंकको योगदान दिइन्।
प्रतियोगिताको ब्वाइजमा बौद्धका आरोहण तथा गर्ल्समा बौद्धकै डिकी चेनजोम मोस्ट भ्यालुएबल खेलाडी चुनिए।
यस्तै ब्वाइजतर्फ फुर्वा छेतेन र गर्ल्समा एनसीसीएसकी दिभा महर्जन सर्वाधिक अंक बटुल्न सफल भए।
मनास्लु वर्ल्ड स्कुलले फेयर प्लेको उपाधि पाउन सफल भयो। प्रतियोगितामा ब्वाइजमा २४ तथा गर्ल्समा १६ टिमले भाग लिएका थिए।