छैटौं संस्कणको बिआइबी भ्यालीस्तरीय अन्तरविद्यालय बास्केटबल प्रतिस्पर्धा सुरु भएको छ। सन् २०१६ देखि सुरु भएको प्रतियोगिताम ब्वाइज र गर्ल्समा क्रमश २४ र १६ टिम सहभागी छन्।
‘हाम्रो अहिले उपत्यका केन्द्रित रहेर यो प्रतियोगिता आयोजना गरिरहेका छौं। अब २ वर्षमा हामी यसलाई राष्ट्रिय स्तरमा लैजाने तयारी गरिरहेका छौं,’ विद्यालयका प्रधानाध्यापक हरि लामाले बताए ।
कुल १० लाख बजेर सहित मंगलबारदेखि सुरु भएको यो प्रतियोगितामा २९ स्कुल सहभागी छन्। विजेता र उपविजेता स्कुललाई ट्रफीका साथ बिदाइ गरिनेछ ।
सन् २०२० र २०२१ मा कोभिडको कारण सम्पन्न हुन नसकेको यो प्रतियोगितामा सहभागी हुने स्कुलको संख्या बढ्दै गएको छ।
अघिल्लो वर्ष ब्वाइजतर्फ १६ स्कुल र गर्ल्सतर्फ १२ स्कुल रहेकोमा यो वर्ष बढेर २४ र १६ पुगेको छ।
अघिल्लो संस्करणमा बुद्ध एकेडेमीले ब्याइज तथा गर्ल्सतर्फ भक्तपुर निष्ट विजेता बनेका थिए।
“विद्यार्थीहरुमा खेलकुद प्रतिको रुची बढाउनको लागि हामीले यस किसिमको प्रतियोगिता आयोजना गर्दैछौं। यसका साथै विभिन्न स्कुलहरुबीच समन्वय र सहकार्य बढाउन जुन कुरा विद्दार्थीको हकमा पनि लागु हुन्छ त्यसमा केन्द्रित भएर हामी अघि बढिरहेका छौं।” सहायक प्रिन्सिपल दिपेश महर्जनले भने ।
१८ दिनसम्म चल्ने यो प्रतियोगिता बोइजतर्फ ८ पुलवीथ ३ टीम र गर्ल्सतर्फ ४ पुलबी ४ टीम फर्म्याटमा हुनेछ। लिग कम नक आउट अनुसार चल्ने यो खेलका सबै नियमहरु फिबा अनुसार हुने आयोजकले जानकारी दिएको छ।
“अहिलेका विद्यार्थीले फरक सुविधा पाइरहेका छन्। जे कुरा हामीले पहिला पाएनौं त्यो अहिले हामीले दिने कोसिस गरिरहेका छौ।,” पुर्व राष्ट्रिय बास्केटबल खेलाडी तथा आयोजक कमिटीका एक सदस्य सुब्रत राजोपाध्यायले भने।