नेपाली दुतावास दक्षिण कोरियाले मंगलबार नेपालका तीन जना तेक्वान्दोकर्मीलाई सम्मान गरेको छ।
दक्षिण कोरियाका लागि नेपाली राजदुत प्राडा ज्योति प्याकुरेल भण्डारीले प्रशिक्षक तथा निर्णायक राजु क्षेत्री, अशोक खड्का तथा भजिन्द्रबहादुर क्षेत्रीलाई सम्मान प्रदान गरिन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी, प्रशिक्षक र निर्णायकको रुपमा नेपालको नाम राख्न सफल भएकोले सो कार्यका उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो।
दक्षिण कोरियामा गत आइतबार सम्पन्न विश्व र्याकिङ जी-१ अन्तर्गतको किमुनयोङ कपमा अन्तर्राष्ट्रिय रेफ्रीद्वय राजु र अशोकले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
दक्षिण कोरिया खेलकुद मन्त्रालयको संयोजन र विश्व तेक्वान्दोको आयोजना भएको सो प्रतियोगिता तेक्वान्दोका संस्थापक अध्यक्ष डा. किमुन यमको स्मृतिमा सञ्चालन भएको हो।
तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर लामो समय दक्षिण कोरियामा रहेर नेपाली तेक्वान्दोको प्रवद्र्धन गरिहेका छन्।
अशोक सो प्रतियोगिताका लागि दक्षिण कोरिया पुगेका हुन्। क्षेत्रीद्वयले भने दक्षिण कोरियालाई आफ्नो कर्मस्थल बनाउँदै आएका छन्।