नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा ३ कास्य पदक जितेका छन्।
भारतको नोयडामा भइरहेको प्रतियोगिताको पुरुष ७३ केजीमा हेमन्तले तीन कास्य जितेका हुन्।
उनले स्न्याचमा ९७ केजी, क्लिन एन्ड जर्कमा ११० केजी गरी जम्मा २०७ केजी भार वहन गर्दै ३ कास्य हात पारेका हुन्।
डेब्यू अन्तर्राष्ट्रिय प्रतिस्पर्धामै पदक जितेका हेमन्तको स्पर्धामा ५ राष्ट्रका ६ खेलाडी सहभागी थिए।
उज्वेकिस्तानका २ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धामा थाइल्यान्डले स्वर्ण तथा उज्वेकिस्तानले रजत जिते।
च्याम्पियनसिपमा नेपालका २ खेलाडी सहभागी छन्।
७३ केजीमा हेमन्तसँगै ९६ केजीमा सञ्जय यादवले प्रतिस्पर्धा गर्दैछन्।
सञ्जयले भोलि खेल्ने खेल तालिका छ। दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।
नेपालको प्रशिक्षकमा सञ्जय महर्जन तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन्।