नेपाल बक्सिङ महासंघले आगामी १९ औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारको घोषणा गरेको छ।
स्वर्ण, रजत र काश्य पदक जित्ने खेलाडीहरुलाई क्रमशः दश लाख, पाँच लाख र दुई लाख पचास हजार महासंघको तर्फबाट प्रदान गरिने निर्णय भएको महासंघले जनाएको छ।
साथै महासंघको कोष बृद्धि सम्बन्धमा छलफल गर्दा महासंघका पदाधिकारीहरुबाट रु. १५००० अक्षरुपी पन्ध्र हजार र सदस्यहरुबाट रु. १०, ००० अक्षरुपी दश हजार मात्र सहयोग स्वरुप संकलन गर्ने निर्णय समेत भएको छ।
मासिक रुपमा पदाधिकारीहरुबाट मासिक पाँच हजार र सदस्यहरुबाट तीनहजार संकलन गर्ने निर्णय समेत भएकभो छ।
महासंघको बेवसाईट, खेलाडीहरुको डाटा र दीर्घकालीन योजनाहरुलाई कार्यपत्र प्रस्तुत गरी अपडेट गर्ने कार्यका लागि महासंघको केन्द्रीय सचिव पुस्करराज पन्तलाई जिम्मेवारी दिइएको छ।
महासंघका महासचिवको संयोकत्वमा सातै प्रदेश र विभिन्न जिल्लाहरुबाट माग गरी भाद्र महिनाभित्रमा संघको क्यालेन्डर प्रकासित गर्ने र बार्षिक तालिका प्रकाशन गरिने भएको छ। यसका लागि ५ सदस्यीय समिति गठन गर्नका लागि महासचिवलाई जिम्मेवारी दिइएको छ।