चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा पदक जित्ने कराते खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्थापक निवासगोपाल वैद्यले घोषणा गरेका छन्।
करातेका पुराना प्रशिक्षक तथा नेपाल कराते महासंघका सल्लाहकार समेत रहेका वैद्यले एसियाली खेलकुदमा स्वर्ण जित्ने नेपाली कराते खेलाडीलाई तीन लाख, रजत जित्नेलाई दुई लाख र कास्य जित्नेलाई एक लाख पुरस्कार दिने घोषणा गरेका हुन्।
हाल नेपाली राष्ट्रिय कराते टिमको व्यवस्थापकको भूमीका रहेका वैद्यले खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार घोषणा गरेका हुन्।
यो पनि : ६३ वर्षमा पनि जम्पिङ पुस-अप गर्छन् निवासगोपाल, न भुँडी लाग्या छ न रूघाखोकी (भिडिओ)
वैद्यले कराते टिमको बन्द प्रशिक्षणमा रहेर राष्ट्रिय टिमसँगै बसेर प्रशिक्षण गर्ने बी टिमका आठ खेलाडीलाई ट्र्याकसुट समेत प्रायोजन गरेका छन्।
उनले चार जना अफिसियलाई पनि ट्र्याकसुट दिएका छन्। जम्मा १२ जोर ट्र्याकसुटका लागि ४० हजार रुपैयाँ लागेको वैद्यले बताए।
असोज ६ गतदेखि चीनमा हुने एसियाली खेलकुदमा नेपालका ८ कराते खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। कराते खेल नेपालले पदकको आसा गरेको मध्येको खेल हो।
उमेरले ६५ वर्ष कटे पनि वैद्य अहिले पनि सक्रिया रहेर प्रशिक्षण गराउँदै आएका छन्। पछिल्लो समय भने उनलाई राष्ट्रिय कराते टिमको व्यवस्थापकको भूमीका दिइएको छ।