नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघको साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार सर्वसम्मत चयन गरेको छ।
नवराज सिलवालले वरिष्ठ उपाध्यक्ष, प्रकाशजंग कार्की र रमेशमान मल्लले उपाध्यक्ष, लोकजंग लामाले महासचिव, राममाया तामाङले सचिव तथा प्रेमबहादुर मोक्तानले कोषाध्यक्षको जिम्मेवारी पाए।
मनऋषि धिताल, सन्तोष बुढाथोकी, हरिप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, तेन्जिङ थकाली, कर्मा गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, रामसुन्दर वके र सुमन बोम्जन तामाङ सदस्यमा चयन भए।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।