नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई बुधबार अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
पोखरामा सम्पन्न साधारण सभाले अवालेको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गर्यो।
वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी, महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु रहेका छन्।
सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिए।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे।