मनास्लु वल्र्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्।
मनास्लु ब्वाइज तथा आईएस गर्ल्समा च्याम्पियन बने। बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्यो ।
गर्ल्सको उपाधि भिडन्तमा आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ ले हरायो। ब्वाइज÷गर्ल्स दुवैमा पहिलो हुनेले २० हजार तथा दोश्रो हुनेले १० हजार नगद पुरस्कार हात पारे ।
ब्वाइजमा मनास्लुका कोशिस भुजेल तथा गर्ल्समा आईएसएकी सन्ध्या डंगोल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिल्वाल र गोल्डेनगेटका प्रिन्सिपल रोहितबहादुर पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा २२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिगका आधारमा भएको गर्ल्सको प्रतिस्पर्धामा ४ टिम सहभागी थिए।