जिल्लास्तरीय राष्ट्रपति रनिङ प्रतियोगितामा पाँचखाल नगरपालिका पहिलो भएको छ।
जिल्लाका १३ पालिकाबीच भएको प्रतियोगितामा पनौती नगरपालिका दोस्रो हुँदा बेथानचोक गाउँपालिका तेस्रो भएको छ।
करातेमा बेथानचोक प्रथम भएको थियो। त्यस्तै तेक्वान्दो बिधामा बेथानचोक गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ। तेक्वान्दोमा ८ सहभागी रहेका थिए।
यता प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेको भन्दै बेथानचोक गाउँपालिकाले सम्मान गरेको छ।
शुक्रबार गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, पालिका प्रवक्ता मधुसुधन तिमल्सिना, वडा न ३ का अध्यक्ष कुबेर ढकाल, खेलकुद शाखाका सिताराम तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो।
पालिका अध्यक्ष अधिकारीले बेथानचोकलाई क्षेत्रलाई खेल मार्फत चिनाउन खेलाडीको महत्त्वपूर्ण भूमिका हुने जानकारी दिँदै खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले विशेष भूमिका खेल्ने बताए।