गोल्डेनगेटले यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ।
कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको समूह चरणको खेलमा गोल्डेनगेटले बलर्स एकेडेमीलाई ८८–४८ ले पराजित गर्यो।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले आईएसए नेपाललाई ६८–४० तथा रोयलले मेरिलियोनलाई ६१–४८ ले हराए।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे। ७१ औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा १० टिमको सहभागिता रहेको आयोजक विभागका प्रमुख विकु महर्जनले जनाएका छन्।
सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ। विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। फाइनल मंगलबार हुने छ।