नेपाल ई-स्पोर्ट्स संघको आयोजनमा तेश्रो नेपाल ई-स्पोर्टस् च्याम्पियनसिप २०२२ असार २३ देखि २५ गते सम्म आयोजना हुने भएको छ।
खेल ई-स्पोर्ट्स नेपालमा पछिल्लो समय युवाहरू माझ निकै नै रुचाइएको खेल पर्छ।
थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सिएस गो, एमएलबिबी, टेकेन ७ र पब्जी गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रारम्भिक प्रतियोगिताहरु संचालन भईसकेको र असार २३ गतेदेखि फाइनल खेलहरू आयोजना हुने जानकारी गराए।
जसमा डोटा २ मा ८ टिमका ४३ खेलाडीहरुले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ्ग, सिएस गोमा २ टिम लेजन र ख्याकका ११ खेलाडीहरु, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरुले सहभागिता जनाएकोमा पिङ्गपङ्ग र एभेन्जर्स, टेकेन ७ मा ३ खेलाडीहरु रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरुविच प्रतिस्पर्धा भईरहेको र १६ स्क्वाडका विच असार १६ गते सम्म सेमिफाइलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डङ्गोलले जनाएका छन् ।
च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व ई-स्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिता समेत रहेको छ।
विजयी खेलाडी तथा टिमले दक्षिण एशियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएका छन्।
च्याम्पियनसिपलाई विभिन्न संघ संस्थाले साथ दिएका छन्। जसमध्ये ईभेन्ट्स म्यानेजमेण्टको जिम्मेवारी माईस प्रा.लि.ले लिएको छ। यस्तै एपि १ ले स्थान उपलब्ध गराएको छ भने प्राईम कलेजले पनि च्याम्पियनसिपलाई साथ दिएको छ। प्राईमले विजयी ५ खेलाडीहरुलाई स्नातक तहको छात्रबृत्ती प्रदान गर्ने भएको छ।