डाइनामिक चेस एकेडेमीकी कृतिसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन्।
भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृतिसराले ६ चरणको समाप्तिमा ५ अंक जोडेकी छन्।
महिलातर्फ अन्य तीन खेलाडीको टुंगो शनिबार हुने अन्तिम चरणको खेलबाट हुनेछ। नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यसअघि नै छनोट भइसकेकी छन्।
कृतिसराले शुक्रबार विनिता कपाली र पुनम प्रसाईलाई पराजित गरिन्। छनोट चरणमा बाँकी तीन स्थानमा अनिषा न्यौपाने, विनिता कपाली, शान्ति धिमाल, सिन्दिरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धा छ। अनिषाको ४.५ अंक छ भने भने बिनिताको ४ अंक छ। शान्ति, सिन्दिरा र खुस्बुको ३.५ अंक छ। पूजा भण्डारीको ३ अंक छ।
एक दिन अगाडिसम्म अग्रता लिएकी अनिषाले शुक्रबार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन्। विनिताले छैटौं चरणमा शान्तिलाई हराउदै सम्भावनालाई बलियो बनाएकी हुन्।
पुरुषतर्फ मिलन लामा छनोट भएका छन्। मिलनले पनि ६ चरणको समाप्तीमा ५ अंक बटुलेका छन्।
पुरुषतर्फ अब दुई जनाको टुंगो शनिबार हुने अन्तिम चरणको खेलले टुंगो लगाउने छ।
वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाई र शीर्ष वरीताका खेलाडी विवेक थिङ यसअघि नै छनोट भइसकेका छन्। रुपेश जैसवालको ३.५ अंक छ। मिलनले शुक्रबार पाँचो चरणम सुरवीर लामासँग बराबरी गरे भने सातौं चरणमा रुपेसलाई हराए।