राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल विद्यालय खेलकुद महासंघको संयुक्त आयोजनामा आईएसएफ स्कुल स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स शनिबारदेखि खुमल्टारस्थित प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलमा सुरु भएको छ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले कोर्सको एक कार्यक्रमबीच उद्घाटन गरे। तीनदिने कोर्समा २ सय प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक महासंघका महासचिव राजकुमार कार्कीले जनाएका छ।
कोर्समा सहभागीलाई स्पोर्ट्स साइन्स, स्पोर्ट्स बायो–मेकानिक्स, स्पोर्ट्स ट्रेनिङ कोचिङ साइन्स एन्ड ओफिसिएटिङ, स्पोर्ट्स न्युट्रिसन, स्पोर्ट्स फिजियोथेरापी, स्पोर्ट्स इभेन्ट्स एन्ड स्पोर्ट्स म्यानेजमेन्ट, स्पोर्ट्स साइकोलोजी र एनएससी रुल्स एन्ड रेगुलेसनका विषयमा जानकारी दिइने छ।
उद्घाटनका अवसरमा राखेप उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, आयोजक महासंघका अध्यक्ष विनोद श्रेष्ठलगायतको उपस्थिति थियो।