थाइल्यान्डको फुकेटमा हुने थाइल्यान्ड ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र महिलामा ४ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने छ।
पुरुषमा ४८ केजी, ५४ केजी र ६३ केजी तौलसमूहमा खेल हुने छ।
महिलामा ४८ केजी, ५४ केजी ५७ केजी र ६० केजी तौलसमूहमा भिडन्त हुने बक्सिङ संघ प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने छ। थाइल्यान्डको प्रतियोगिता अप्रिल १ देखि १० तारिखसम्म हुने छ।