नेपालको लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले यस वर्ष हुण्डाइ ओपन गल्फ प्रतियोगिताको १०औं संस्करणको आयोजना गर्ने भएको छ।
प्रतियोगिता गोकर्ण गल्फ क्लबमा १९ मार्चमा हुने भएको छ।
उक्त ओपेन गल्फ टुर्नामेन्ट १८ होल मा स्टेबल फोल्ड फर्म्याट र थ्री बाइ फोर ह्यान्डीक्यापमा खेलिने छ।
प्रतियोगितामा नेपालका १३० गल्फर्सहरुले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा विजेता, उपविजेता, तेस्रो स्थान, बेस्ट ग्रोस, महिला विजेता, सिनियर विजेता, जुनियर विजेता, हुण्डाइ ओनर्स क्याटागोरी विजेता, लाङ्गेस्ट ड्राइभ, क्लोजेन्स टु पिन, मस्ट बर्डिज र होल इन वानलाई पुरस्कार दिइनेछ।