आङ छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि रविन फुँयालले शनिबार जितेका छन्।
पहिलो दिन अग्रस्थानमा रहेका फुयाल ४३ स्टेबलफोर्ड प्वाइन्टका साथ पहिलो भएका हुन्।
फुँयालले उपाधिसँगै एल्टिट्युड एअरको हेलिकप्टर राइड र यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि बे्रकफास्ट गर्ने अवसर पाएका छन्।
त्यसैगरी साम डबलर्डले प्रतियोगितामा ३३ ग्रस प्वाईन्ट बटुल्दै बेस्ट ग्रसको उपाधि जितेर हिमालय एअरलाइन्समार्फत् दुईजनालाई दुबईको फ्रि टिकटका साथै मोक्ष मुस्ताङ्गमा बे्रकफास्ट, लन्च र डिनर सहित २ रात ३ दिन बस्ने मौका पाएका छन्। साथै विजेताले काठमाडौं–पोखरा–जोमसोम जानआउनका लागि यती एअरलाइन्स र तारा एअरको तर्फबाट निःशुल्क हवाई टिकट प्राप्त गर्नेछन्।
प्रतियोगिताको उप–विजेताको उपाधि ४२ प्वाइन्टका साथ निष्कर्षबहादुर घलले हात पारेका छन्। उपाधिसँगै विजेताले बे्रकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा पाएका छन्। यसका साथै गुण एअरलाइन्सको तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौं निःशुल्क हवाई टिकट प्राप्त गरेका छन्।
त्यस्तै बेस्ट ग्रस रनरअपको उपाधि ३२ प्वाइन्टका साथ मिथुन राईले प्राप्त गरे। उनले यती एअरलाइन्सबाट दुई जनाको लागि काठमाडौं–पोखरा–काठमाडौंको हवाई टिकट सहित माला लज घान्द्रुकमा बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन्।
महिलातर्फको उपाधि ३४ प्वाईन्टका साथ गिता गुरुङ्गले जितेकी छिन्। उपाधिसँगै तारा एअरबाट काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकट सहित यती माउन्टेन होम खाङ्ग्रीमा २ जनाका लागि बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर जितेकी छिन्भने महिलातर्फ उपबिजेता ३१ प्वाइन्ट साथ प्रतिभा राई बनिन् । उनले पनि बे्रकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा सहित काठमाडौं–भरतपुर–काठमाडौंको निःशुल्क हवाई टिकट प्राप्त गरेकी छन्।
सिनियर (६० वर्ष माथिका) विजेता ३६ प्वाइन्टका साथ गल्फर ब्रिगेडियर जनरल (रि.) दिलिप रायमाझी बने । उनले उपाधिसँगै दुईजनाको लागि गोकर्ण फरेस्ट रिसोर्टमा ६० मिनेटको मसाज, बे्रकफास्ट, लन्च र डिनर सहित २ रात ३ दिन बस्ने अवसर प्राप्त गरेका छन् ।
जुनियर (१७ वर्षमुनिका)तर्फ १० प्वाइन्टका साथ १२ वर्षीय आईसटिना टण्डन बिजेता बनिन् । उपाधिसँगै बिजेताले यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भैरहवा–काठमाडौंको निःशुल्क हवाई टिकट र २ जनाका लागि बुद्धमाया गार्डेन होटेल लुम्बिनीमा २ रात ३ दिन बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।
बेस्ट ग्रसका बिजेता स्याम डुब्लार्ड लङ्गेस्ट ड्राइभको पनि बिजेता बनेका बने । उनले यती एअरलाइन्सको तर्फबाट दुई जनालाई माउन्टेन फ्लाइटको निःशुल्क टिकट पाउनेछन् भने गोकर्ण फरेस्ट रिसोर्टको तर्फबाट ६० मिनेट मसाज सहित २ जनाले बार्बीक्यू ब्रन्चको अवसर प्राप्त गरेका छन् ।
४ बर्डी प्रहार गर्दै काउन्ट ब्याकमा मेजर जनरल महेश विक्रम कार्कीले प्रतियोगिताको मोस्ट बर्डीज उपाधि जिते । उनले यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौं पोखरा काठमाडौंको हवाई टिकट सहित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।
क्लोटेस्ट टु द पिन तर्फको उपाधि चार्ली गुरुङ्गले जिते। बिजेताले यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंको हवाई टिकट सहित बोधी सुइट्स एण्ड बुटिक होटल एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।
होल नम्बर १० मा राखिएको होल इन वान पुरस्कार किया सोनेट कार कसैले जित्न नसकेता पनि होल नम्बर १६ मा होल इन वान गरेबापत नेपाली सेनाका महासेनानी झलेन्द्र भट्टराईले विशेष पुरस्कार हात पारे ।
आङ्ग छिरिङ शेर्पाको तेस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स र तारा एअरले गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिताको आयोजना गरेको थियो।
दुईदिन सम्म चलेको उक्त प्रतियोगितामा १५२ जनाले सहभागी खेलेका थिए। बिजेताहरुलाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रुहित र हिमालय एअरलाइन्सका प्रेसिडेन्ट शु एन होङले पुरस्कार वितरण गरे।
प्रबन्ध निर्देशक चन्दा शेपाले सहभागीको रजिष्ट्रेशनबाट संकलित रकम ३ लाख ४ हजार महिला अधिकारको लागि कार्यरत संस्थाहरु वुमेन फर ह्युमन राइट्स र सी नेपाललाई दामासाही रुपमा हस्तान्तरण गरे।