विबक्स वुमेन्स बक्सिङ च्याम्पियनसीपमा महिला बक्सरले रोमाञ्चक खेल देखाएका छन्।
मंगलबार ठमेलको एलओडीमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको च्याम्पियनसीपमा महिलाका ७ तौल समूहमा प्रतिस्पर्धा भएको थियो।
जसमा ४८ केजी तौल समूहमा बक्समान्डुकी प्रतिष्ठा अर्याल विजयी भइन्। उनले जेनएक्सकी तेजी गुरूङलाई ५-० अंकले पराजित गरिन्।
५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी सुष्मा तामाङले बाजी मारिन्। उनले एपिएफकी माला राईलाई ४-१ अंकले पाखा लगाइन्।
आर्मीकी ललिता महर्जन ५२ केजीमा विजयी भइन्। उनले एच-२० एथलेटकी अस्मिता दुवाललाई ५-० ले पराजित गरिन्।
५७ केजीमा बक्समान्डुकी हेमा राई र झापा बक्सिङ क्लबकी सुस्मिता राईबीच भिडन्त भएको थियो। जसमा हेमा ४-१ ले विजयी हुन सफल भइन्।
आर्मीकी मिनु गुरूङले ५४ केजीको भिडन्त जितिन्। उनले नेपाल पुलिस क्लबकी निशा तामाङलाई ५-० ले पराजित गरिन्।
झापाकी नारिका राईले ६० केजीमा बक्समान्डुकी डेचेन शेर्पालाई ४-१ ले हराइन्।
६३ केजीमा एपिएफकी संगिता सुनवार विजयी भइन्। उनले आर्मीकी पुनम रावललाई ३-२ ले पछि पारिन्।
हेर्नुस् तस्बिरहरू: