दक्षिण एशियाली मुलुकहरूकाे १३ औं साफ खेलकूदमा बक्सिङ खेलमम नेपालकाे तर्फबाट सहभागी भई विभिन्न पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई एक कार्यक्रमका बीच कीर्तिपुरमा सम्मान गरिएकाे छ।
मार्शल अार्ट अर्गनाईजेन नेपालकाे अायाेजनामा फागुन २१ गते शनिवार कीर्तिपुर ४ स्थित सिम क्षेत्रकाे 'विथ लाेकल्स' नेपाल फार्म हाउसमा भएकाे अात्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मान-पत्र हस्तान्तरण गरे।
सम्मानित हुने खेलाडी तथा काेचहरूमा बक्सिङ खेलमा लामाे समयसम्म काेच भई याेगदान पुर्याएका कीर्तिपुर ७ का काेच उमेश कटुवाललाई नगद पुरस्कार रू. ५० हजार र सम्मान-पत्र, साफमा संवरण पदक विजेता मीना गुरूङ र भुपेन्द्र थापालाई नगद पुरस्कार ५ हजारसहित सम्मान-पत्र, रजत पदक पदक बिजेता खेलाडीहरू ललिता महर्जन, माला राई, संगीता सुनार, पुनम रावल, गणेश प्रशान्त, आशिष दवाडी र कास्य पदक बिजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ काेच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशाेर लिम्बू र म्यानेजर टिमका प्रेम फाैजु र प्रमिला राई सम्मानित भएका थिए।
मार्शल आर्ट अर्गनाईजेन नेपालका अध्यक्ष तथा नेपाल उसु संघका उपाध्यक्ष राजीव महर्जनकाे सभापतित्वमा भएकाे कार्यक्रमका संयाेजक सुदीप महर्जन रहेका थिए भने विशिष्ट अतिथि नगरपालिकाकी उपप्रमुख सरस्वती रिजाल खड्का, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र उपाध्यक्ष अर्जुनबहादुर केसीकाे उपस्थिति रहेकाे थियाे।
आत्मरक्षा प्रशिक्षणमा कीर्तिपुर नगरपालिकाका १० वडा र विद्यालयका गरि सय जना महिला तथा छात्राहरूकाे सहभागिता रहेकाे थियाे।