फिफा विश्वकप २०२२ मा अन्तिम १६ को ६ खेलको टुंगो लागिसकेको छ।
समूह ‘ई’ र ‘एफ’ को अन्तिम खेलसँगै थप दुई खेलको टुंगो लागेको हो।
समूह ‘एफ’ को विजेता बनेको मोरक्कोले समूह ‘ई’ को उपविजेता स्पेनसँग भिड्नेछ।
यस्तै समूह ‘ई’ को विजेता जापान र समूह ‘एफ’ को उपविजेता क्रोएसियाबीच अर्को खेल हुनेछ।
अन्तिम १६ का खेल
नेदरल्यान्ड्स भर्सेस अमेरिका
अर्जेन्टिना भर्सेस अस्ट्रेलिया
फ्रान्स भर्सेस पोल्यान्ड
इंग्ल्यान्ड भर्सेस सेनेगल
जापान भर्सेस क्रोएसिया
मोरक्को भर्सेस स्पेन
ब्राजिल र पोर्चुगलले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन। तर उनीहरु सम्मिलित समूहको विजेता र उपविजेताको टुंगो लाग्न बाँकी छ। शुक्रबार राति समूहका अन्तिम खेलसँगै अन्तिम १६ को समिकरण पूरा हुनेछ।