एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत आइतबार भएको खेलमा लालिगुराँस एसोसिएसन क्लबले जनजागृति युवा क्लबलाई ४–० गोलले हरायो।
पहिलो हाफमा आशिस गुरुङको गोलमा अग्रता लिएको खेलमा लालिगुराँसले दोस्रो हाफमा थप तीन गोल गरेको हो। गुरुङले दोस्रो हाफमा पनि दुई गोल गर्दै ह्याट्रिक पुरा गरे। उनी प्लेयर अफ द म्याच घोषित भए। यम बहादुर श्रेष्ठले अर्को गोल गरे।
अर्को खेलमा विजय स्पोर्ट्स क्लबले देउराली युथ क्लबलाई ४–१ ले हरायो। विजयका नीरज चौधरीले ह्याट्रिक गरे । अरुण थापाले थप गोल गरे । देउरालीका उज्ज्वल राईले गोल गरे।
नीरज प्लेयर अफ द म्याच घोषित भए ।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ । सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोर्ट्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुस महिनामा हुने छ।