अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको नयाँ ट्रफी र लोगो डिजाइन गर्ने भएको छ।
एन्फाले ट्रफी र लोगो डिजाइनका लगि आवेदन आह्वान समेत गरेको छ।
नेपालकै सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग को नयाँ ट्रफी डिजाइन गर्न इच्छुक डिजाइनर, मूर्तिकार तथा कलाकारलाई प्रस्ताव पेश गर्न एन्फाले आह्वान गरेको हो।
ट्रफीको विशेषतामा १० किलो शुद्ध चाँदी प्रयोग गरेर निर्माण गरिने, डिजाइनले फुटबलमा विजय र सम्मान, राष्ट्रिय गौरव र पहिचान तथा सहिदहरूप्रतिको श्रद्धाञ्जली हुनु पर्ने बताइएको छ।
साथै ट्रफी विशिष्ठ, भव्य र लिगको गौरवपूर्ण इतिहास झल्काउने किसिमको हुनु पर्नुका साथै डिजाइनरले प्रारम्भिक स्केच वा थ्री डी मोडेल प्रस्तुत गर्नु पर्नेछ।
विजेता डिजाइनरलाई एन्फाबाट ५० हजार पुरस्कार प्रदान गरिनेछ।
यस्तै लोगोले फुटबलको भावना, राष्ट्रप्रेम, र सहिदहरूप्रतिको सम्मान झल्काउने हुनु पर्ने, फुटबल प्रतीक (जस्तैः बल, गोलपोष्ट वा खेलसम्बन्धी कुनै चिहृन), नेपाली पहिचान (राष्ट्रिय झण्डा, रङ, वा संस्कृति झल्काउने डिजाइन) हुनु पर्ने बताइएको छ।
लोगोको उत्कृष्ट डिजाइनलाई एन्फाबाट ३५ हजार पुस्कार प्रदान गरिनेछ।
यो सिजनको ए डिभिजन लिग आगामी पुसमा गर्ने एन्फाको भनाइ छ।