विश्व फुटबलको सर्वोच्च संस्था फिफाको पछिल्लो वरीयतामा नेपालको पुरुष टोलीको वरीयता एक स्थान खस्किएको छ।
नेपाल एक स्थान तल झर्दै १७६औं स्थानमा आइपुगेको छ। अघिल्लो महिना नेपालले हङकङसँगको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेल्दा लाओससँग २-१ गोलको हार ब्यहोरेको थियो।
नेपाललाई पराजित गरेको लाओस भने ५ स्थान उक्लिएर १८५औं स्थानमा आइपुगेको छ।
दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ। शीर्ष स्थानको भारत ६ स्थान तल झरेको छ। उसले वरीयतामा खस्किदा हङकङसँग १-० र थाइल्यान्डसँग २-० को हार ब्यहोर्यो।
दोस्रो स्थानमा माल्दिभ्स ७ स्थान तल झर्दै माल्दिभ्स १७१ औं स्थानमा छ। चौथो स्थानको बंगलादेशले १ स्थान तल झार्दै १८४औं स्थानमा छ।
यस्तै दक्षिण एसियाको पाँचौ स्थानको भुटान ४ स्थान तल झरेर १८६औं स्थानमा, छैटौं स्थानको श्रीलंका चार स्थान माथि उक्लिएर १९६औं स्थान र अन्तिमको पाकिस्तान ३ स्थान तल झरेर २०१औं स्थानमा छन्।
विश्व वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना, दोस्रो स्थानमा स्पेन, तेस्रो स्थानमा फ्रान्स, चौथो स्थानमा इंग्ल्यान्ड र पाँचौ स्थानमा ब्राजिल छन्।