नेपालको महिला लिग च्याम्पियन्स एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा समूह ‘बी’ मा प्रतिस्पर्धा गर्ने भएको छ।
समूह ‘बी’ मा कलेज अफ एशियन स्कलर्स (थाइल्याण्ड), पीएफसी नासाफ (उज्वेकिस्तान), एपिएफ (नेपाल) र अल नासर क्लब (साउदी अरेबिया) रहेका छन्।
समूहको शीर्ष टोली समूह चरणमा पुग्नेछ। प्रारम्भिक छनोट अगस्टमा हुनेछ।