अमेरिकामा भइरहेको फिफा क्लब विश्वकप २०२५ को समूह चरणको अन्तिम खेलमा अमेरिकी इन्टर मियामी र ब्राजिलियन क्लब पाल्मेइरासले २–२ को बराबरी खेलेका छन्।
यो नजितापछि दुवै टोली अन्तिम १६ मा पुगेक छन्। समूह ‘ए’ मा दुवैले ५-५ अंक जोड्दा गोलअन्तरमा पाल्मेइरास शीर्ष बन्यो। यो समूहबाट पोर्चुगिज क्लब पोर्टो भने बाहिरियो।
अब इन्टर मियामी समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ, जहाँ उनीहरूले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछन्। समूह ‘बी’पिएसजीले सिएटललई २-० ले हराएर शीर्ष बन्यो।
पाल्मेइरासले भने समूह विजेताको रूपमा अघिल्लो चरणमा स्थान बनायो। यो ब्राजिलियन क्लबले समूह चरणमा अपराजित रहँदै आफ्नो दबदबा कायम राखेको छ। पाल्मेइरासले अब नकआउट चरणमा बोटाफोगोसँग खेल्नेछ। अन्तिम खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित भए पनि उसले अन्तिम १६ मा स्थान बनायो। एट्लेटिको भने बहिरियो।
फिफा क्लब विश्वकपको यो संस्करणमा ३२ टिम सहभागी छन्। प्रतियोगिता अमेरिकाका ११ सहरका १२ रंगशालामा आयोजना भइरहेको छ।