फिफा क्लब विश्वकपमा जर्मन क्लब बायर्न म्युनिखले कीर्तिमानी जित निकालेको छ। अमेरिकाको सिनसिनाटीमा भएको खेलमा बायर्नले न्युजिल्यान्डको अकल्यान्ड सिटीलाई १०-० गोलले हरायो। बायर्नले फिफा क्लब विश्वकपको इतिहासमा सबैभन्दा ठूलो जितको रेकर्ड बनाएको हो।
बायर्नका लागि मुसियालाले १७ मिनेटको अन्तरमा ह्याट्रिक गरे। किङ्सली कोमनले खेलको पहिलो गोलसहित दुई गोल गर्न सफल भए भने साचा बोय, माइकल ओलिसे र थोमस मुलरले गरे। अकल्याण्ड सिटी, जसमा प्राथमिक स्कूल शिक्षक, बिमा ब्रोकर, र कोका-कोलाको बिक्रेता जस्ता
यो जितले बायर्नको समूह ‘सी’मा बलियो सुरुवात गरेको छ। अब बायर्नले बोका जुनियर्स र बेनफिकासँग खेल्नेछ।
यता युरोप तथा फ्रेन्च च्याम्पियन पिएसजीले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४-० गोलले हरायो। समूह ‘बी’ को खेलमा स्पेनिस क्लब एट्लेटिकोमाथि प्रभावशाली जित निकाल्ने क्रममा पिएसजीक फाबियन रुइज,
भिटिन्हा, सेन्ही र ली काङले गोल गरे। खेलमा एट्लेटिकोका लेङलेटले ७८ मिनेटमा रातो कार्ड पाए।
अब दुवै टोलीले समूहमा सिएटल साउन्डर्स र बोटाफोगोसँग बाँकी खेल खेल्नेछन्। सिएटलले भने समूहमा बोटाफागोलाई घरेलु मैदानमा २-१ गोलले हराएको छ।
यता समूह ‘ए’ को खेलमा ब्राजिलको पामेरास र पोर्चुगलको पोर्टोले गोलरहित बराबरी खेलेका छन्।