स्पेनिस क्लब रियल म्याड्रिडले अर्जेन्टाइन क्लब रिभर प्लेटबाट फ्रान्को मास्टान्टुओनोलाई अनुबन्ध गरेको छ। उनी अर्जेन्टिनाका लागि कुनै पनि प्रतिस्पर्धात्मक खेल खेल्ने सबैभन्दा कान्छा खेलाडी हुन्।
१७ वर्षीय खेलाडीको रिलिज क्लज सक्रिय भएपछि रिभर प्लेटले ४५ मिलियन युरो (३८.५ मिलियन पाउन्ड) को सम्झौता गर्नेछ। जुन उक्त अर्जेन्टाइन क्लबका लागि एउटा नयाँ कीर्तिमान हो।
अट्याकिङ मिडफिल्डरले विगत दुई सिजनदेखि रिभर प्लेटको पहिलो टोलीबाट नियमित रूपमा खेल्दै आएका छन् र उनी बोका जुनियर्सविरुद्धको डर्बीमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन्।
गत हप्ता चिलीविरुद्ध १-० को विश्वकप छनोट जतको खेलमा अन्तिम समयमा सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गर्दै उनी अर्जेन्टिनाका लागि प्रतिस्पर्धात्मक खेलमा डेब्यू गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
उनको छ वर्षे सम्झौता १४ अगस्ट अर्थात् उनी १८ वर्ष पुग्ने दिनबाट सुरु हुनेछ।
लिभरपुलबाट डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर-आर्नोल्ड र बोर्नमाउथबाट डीन हुइजेनको आगमनपछि उनी यस सिजनमा रियलले अनुबन्ध गरेका तेस्रो खेलाडी हुन्।