अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीमा सात जना कोचिङ र सपोर्ट स्टाफ नियुक्त गरेको छ।
एएफसी महिला एसियन कप छनोटका लागि यसअघि बेल्जियमका प्याट्रिक डे विल्डे मुख्य प्रशिक्षक नियुक्त भएका थिए। उनी मुख्य प्रशिक्षक नियुक्त भएसँगै एन्फाले थप जना जनाले नियुक्त गरेको हो।
यसअघिका राष्ट्रिय टोलीका प्रशिक्षक राजेन्द्र तामाङ सहायक प्रशिक्षक नियुक्त भएका छन्। अर्को सहायक प्रशिक्षकमा भगवती थापाले निरन्तरता पाएकी छिन्।
गोलकिपिङ प्रशिक्षकमा सुरजकुमार लामा छन्। विन्द्रा देवानले टिम म्यानेजरमा निरन्तरता पाएकी छिन्।
यस्तै डा एलिसा राई टिम डाक्टर र शिला गिरी टिम फिजियो नियुक्त भएका छन्। किट म्यानेजरको रुपमा विकास गुरुङ छन्।
नेपालले अर्को महिना एएफसी महिला एसियन कप २०२६ को छनोट खेल्दैछ।
नेपाल समूह 'एफ' मा उज्वेकिस्तान, लाओस र श्रीलंकासँग छ। सबै छनोट खेलहरू उज्वेकिस्तानमा जुन २९ बाट सुरु हुनेछन्। यो समूहको विजेता टोली अस्ट्रेलियामा हुने एसियन कपका लागि छनोट हुनेछ।
यो छनोटका लागि विल्डेले नेपाली टोलीको तयारी थालिसकेका छन्।